गोरखा, २१ जेठ । गोरखा आँबुखैरेनी सडक खण्ड अन्र्तगत पर्ने गोरखा नगरपालिका–१३ स्थित तिन किलोमा सवारी दुर्घटनामा परी आज एक जना गम्भीर घाइते भएका छन् । बाह्र किलोबाट खैरेनी तर्फ जादै गरेका मोटरसाईकल विपरित दिशाबाट आउदै गरेको बस संग ठोक्एिर दुर्घटना हुदा पालुङटार नगरपालिका वडा नम्बर ५ का ४५बर्षिय हरि देवकोटा गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
ग २१ प ४८८ नम्वरको मोटरसाइकलमा सवार देवकोट यात्रु ओराल्न रोकिएको ना ५ ख ५००५ नम्वरको बसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेको खुट्टामा गम्भीर चोट लागेको घटनास्थलमा पुगेका ट्राफिक प्रहरी प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
खुट्टामा गहिरो चोट लागेका देवकोटालाई तनहूँको छिम्केश्वरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको ट्राफिक प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।