Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

५ दिने स्थलगत अवलोकन पछि गोरखा क्याम्पसको क्युएएको मूल्याङ्कन सकियो


3K
Shares

५ दिने स्थलगत अवलोकन पछि गोरखा क्याम्पसको क्युएएको मूल्याङ्कन सकियो

गोरखा, १९ जेठ । गोरखा क्याम्पसको क्युएएको मूल्याङ्कन सकियो गोरखा क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यान (क्युएए)का लागि मूल्याङ्कनको काम सकिएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा.केशरजंग बरालको संयोजकत्वमा अन्तराष्ट्रिय विशेषज्ञ प्रा.डा.पि.एन.गज्जार, प्रा.डा.माला मल्ल, प्रा.डा.प्रदिपचन्द्र गौतम, कर्मचारी सदस्य नविना चौलागाई ५ सदस्यीय समूहले मूल्याङ्कन गरेको हो ।

समूहले ५ दिन क्याम्पसको गतिविधिको स्थलगत अवलोकन पछि बिहीवार क्याम्पसमा नै एक कार्यक्रमम आयोजना गरेर गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, वडा नं ५ का वडाध्यक्ष खिल बहादुर रानाको उपस्थितीमा क्याम्पसका प्राध्यपक कर्मचारी र विद्याथी बीच क्याम्पसका लागि सुझाव समेत प्रस्तुतीकरण गरेको थियो ।

विभिन्न शैक्षिक सुचाङ्कको मूल्याङ्कन गर्नुका साथै पूरा गर्नुपर्ने सुझाव समेत aदिएको गोरखा क्याम्पसका प्रमुख रामशरण बानियाँले जानकारी दिनु भयो । विश्वविद्यालय अनुदान आयोग अन्र्तगत गुणस्तर सुनिश्चितता प्रत्यायन(क्युएए) परिषदको मूल्याङ्कनमा उत्तीर्ण भए पछि मात्र सम्वन्धित क्याम्पसले प्रमाणपत्र प्राप्त गर्दछ ।

क्युएए प्रमाणपत्र पाएका क्याम्पसका विद्यार्थीहरुले विदेशका विश्वविद्यालयमा अध्ययनको मान्यता पाउँछन । वि.सं.२०३५ सालमा स्थापना भएको गोरखा क्याम्पसमा शिक्षा शास्त्र र व्यवस्थापन संकाय अन्र्तगत स्नातक र स्नातकोत्तर तहमा गरी ८ सय ५० जना विद्यार्थी अध्ययनरत छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology