गोरखा, १८ जेठ । नेपाल पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ रेडियो टेलिभिजन समन्वय विभागको सदस्यमा मनोनित हुनु भएको छ ।
पत्रकार महासंघ केन्द्रिय समितिले गठन गरेको विभागमा श्रेष्ठ मनोनित हुनु भएको हो ।नेपाल पत्रकार महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्बर्धन गर्न विभिन्न विभाग निर्माण गरिरहेको र सो अन्तरर्गत रेडियो टेलिभिजन समन्वय विभाग गठन गरेको महासंघले जनाएको छ ।
