Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तारा एयरको विमान दुर्घटनामा मृत्यु हुने गोरखाका चार जनासहित २२ जनाको शव एकैपटक बुझाइने


3.9K
Shares

तारा एयरको विमान दुर्घटनामा मृत्यु हुने गोरखाका चार जनासहित २२ जनाको शव एकैपटक बुझाइने

गोरखा, १८ जेठ । तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका गोरखाका चार जनासहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । समाचार तयार गर्दासम्म १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्ता (एसएपी) विष्णुकुमार केसीले बताउनु भयो ।

अस्पतालले प्रहरीको सहयोगमा शवलाई नम्बर अनुसार छुट्याएर पोष्टमार्टम गरिरहेको छ । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको शिक्षण अस्पतालका एक चिकित्सकले जानकारी दिनु भयो ।

मंगलबार ८ वटा शव पोष्टमार्टम गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology