Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा चितुवाको आक्रमणबाट प्रहरी सहित ३ जना घाइते


17K
Shares

गोरखामा चितुवाको आक्रमणबाट प्रहरी सहित ३ जना घाइते

गोरखा, १७ जेठ : गोरखामा चितुवाको आक्रमणबाट आज साँझ प्रहरी सहित ३ जना घाइते भएका छन् । साँझ मकैबारीमा काम गरि रहेका बेला एक्कासी चितुवाको आक्रमणबाट पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटार घर भएका ४४ बर्षका केशरबहादुर नेपाली, सोही ठाउँका १६ बर्षका अभिषेक भण्डारी र प्रहरी साहायक हवल्दार सुनिल रायमाझी घाइते हुनुभएको हो ।

साँझ करिब ६ः५० बजेको समय बारीमा काम गरिरहेका बेला नेपाली र भण्डारी माथि चितुवाले एक्कासी आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो । घटनाको जानकारी पाए लगत्तै आक्रमणकारी चितुवाको खोजीका लागी निस्किएको प्रहरीलाई समेत चितुवाले आक्रमण गरेर घाइते बनाएको उहाँको भनाई छ ।

चितुवाको खोजीका लागि निस्किएका बेला प्रहरी माथि साँझ ७ ः३५ बजे सोही चितुवाले आक्रमण गर्दा प्रहरी साहायक हवल्दार रायमाझी घाइते हुनुभएको डिएसपी लामिछानेले बताउनुभयो । प्रहरी साहायक हवल्दार रायमाझी इलाका प्रहरी कार्यालय ठाँटी पोखरीमा कार्यरत हुनुहुन्छ । उहाँको पिठ्युमा चोट लागेको छ ।

अर्का घाइते नेपालीकोे चितुवाले ढाडमा चिथोरेको छ भने भण्डारीको तिग्रा, पाखुरा र नारीमा चितुवाले चिथोरेको डिएसपी लामिछानेले जानकारी दिनुभयो । घाइते तिनै जनाको स्थानीय मेडिकलमा उपचार गरिएको र अबस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology