गोरखा, १६ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतबार सार्वजनिक विदा नदिइने भएको छ । गाउँपालिकाको जेठ १५ गते बसेको कार्यापालिकाको वैठकले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो ।
यस अघि नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेबाट शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै आइतबार देखि विहिबार सम्म विहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म कार्यालय खुल्ला रहने जनाएको छ ।शुक्रबार भने विहान १०ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म खुल्ला रहनेछ ।
त्यस्तै, कार्तिक १६ गते देखि माघ १५ गते सम्म आइतबार देखि विहिबार सम्म कार्यालय विहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजे सम्म र शुक्रबार बेलुका ३ः०० बजे सम्म खुल्ने गाउँपालिले जनाएको छ ।
