Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बलात्कार मुद्धामा हद म्याद हटाउन अनेम संघ गोरखाको माग


3.2K
Shares

बलात्कार मुद्धामा हद म्याद हटाउन अनेम संघ गोरखाको माग

गोरखा, १६ जेठ । बलात्कार मुद्धामा हद म्याद हटाउन अखिल नेपाल महिला (अनेम) संघ गोरखाले माग गरेको छ । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अबसरमा अनेम संघ गोरखाले बलात्कार र यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्याद हटाउन माग गरेको हो ।

आज प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यो विषयमा ध्यानाकर्षण गराईएको हो । संघकी जिल्ला अध्यक्ष पार्वती पाठक नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो ।

उजुरीका लागि हदम्याद तोकिएका कारण जघन्य अपराध बाहिर आउन नसकेको र अपराधीहरुले खुलेआम हिंसाका घटना थप्दै जाने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा हिंसा पीडितको संरक्षणका लागि सबै प्रभावितलाई तत्काल क्षतिपुर्ति सहितको द्रुत न्याय प्रणाली मार्फत दोषिलाई कारबाही गर्न माग गरिएको छ ।

यस्तै, पेट्रोल, डिजेल र खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको मुल्य नियन्त्रण गरी सर्वसुलभ रुपमा उपलब्ध गराउन र कालोबजारी नियन्त्रण गर्न पनि संघले माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology