Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

समाज सेवी नेपालीद्रारा जेष्ठ नागरिक संघ गोरखामा १ लाख १५ हजारको अक्षय कोष स्थापना


3.6K
Shares

समाज सेवी नेपालीद्रारा जेष्ठ नागरिक संघ गोरखामा १ लाख १५ हजारको अक्षय कोष स्थापना

गोरखा, १५ जेठ । समाज सेवी लक्ष्मण नेपालीले जेष्ठ नागरिक संघ गोरखा शाखाका लागी १ लाख १५ हजार ५५५ रुपैयाँको अक्षय कोष स्थापना गर्नु भएको छ ।

गोरखा नगरपालिका ६ को पुष्कल तिर्थमा आज आयोजित जेष्ठ नागरिक दिवासेवा केन्द्रको उद्घाटनको क्रममा नेपालीले संघको खातामा रहने गरी अक्षय कोष स्थापना गर्नु भएको हो । कार्यक्रममा सहभागी हुन पुगेका नेपालीले ऐछिक रुपमा आफुले उक्त रकम उलब्ध गराएको जानकारी दिनु भयो ।

अक्षय कोषबाट आउने रकमले जेष्ठ नागरिकहरुको हक हितमा खर्चिने गरी रकम दिएको नेपालीले बताउनु भयो। दिवासेवा केन्द्रलाई अक्षय कोष उपलब्ध गराउनु भएको भन्दै भन्दै जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठले उहाँप्रति कृतज्ञता प्रकट समेत गर्नु भयो । ‘हामी वहाँलाई उचित समयमा सम्मान गर्ने छौ’ अध्यक्ष श्रेष्ठले भन्नु भयो

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology