Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका यानबहादुर थापाद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण


5K
Shares

गोरखाका यानबहादुर थापाद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

गोरखा, १२ जेठ । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्वाँराका यानबहादुर थापाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

हिमालय सेफर्ड इको टुरिजम कम्पनीमार्फत ३३ वर्षीय थापाले जेठ १ गते सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सगरमाथाको चुचुरोमा पुग्न आधार शिविरबाट तीन दिन लागेको तर फर्किन एक दिन मात्रै लागेको उहाँले बताउनु भयो । थापा ट्रेकिङ गाईडको काम गर्नु हुन्थ्यो ।

धेरै पहिलेदेखि सगरमाथा आरोहण गर्ने चाहना भएको र माउन्टेन गाईडको रुपमा अहिले सफल आरोहणको अवसर मिलको उहाँको भनाई छ । आफु आरोहीको रुपमा नभई गाईडको रुपमा आरोहण गरेको उहाँले जानकारी दिनु भयो ।

टुरिजम आफ्नो पेशा भएकाले यसलाई ब्यवशायिक रुपमा अघि बढाउन अब अझै सजिलो हुने उहाँले अपेक्षा राख्नु भएको छ । वकिल बिष्णुप्रसाद भुषाल, डाक्टर कृति भुषाल र थापा सहितको तीन जनाको टोलीले एकैसाथ सगरमाथाको आरोहण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology