Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

धार्चे ३ लुस्य्राङमा सुख्खा पहिरो खस्दा मनास्लु पदमार्ग अवरुद्ध


5.7K
Shares

धार्चे ३ लुस्य्राङमा सुख्खा पहिरो खस्दा मनास्लु पदमार्ग अवरुद्ध

गोरखा, ११ जेठ । उत्तरी गोरखाको धार्चे गाँउपालिका ३ लुस्य्राङमा मंगलबार राती झरेको सुख्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार खोर्लाबेसी र तातोपानीको बीच लुस्य्राङ खोलामा सुख्खा पहिरो खस्दा बाटो अबरुद्ध भएको हो।

नेपाली सेनाले सडक निर्माण गर्ने क्रममा बम बिस्फोट गरेर पहरा फुटाउँदा अड्केका ढुंगाहरु सडकमा झरेको अध्यक्ष गुरुङले बताउनु भयो । पहिरोले सडक तल भासिएकोले पर्खाल लगाउनु पर्ने साथै माथि पनि थप बिस्फोट गरेर खोल्नु पर्ने उहाँले जानकारी दिनु भयो । अबरुद्ध बाटो तत्काल खुलाउन नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टसित छलफल भएको उहाँले बताउनु भयो ।

बेनिघाट, आरुघाट, लार्के सडक अन्तर्गतको सडक पहिरिएको हो । सो सडकको दोभानसम्म जीप चल्ने गरेको थियो ।बाटो अबरुद्ध हुँदा धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका बासिन्दा तथा पर्यटक आवतजावत गर्न कठिनाइ भएको छ । साथै उत्तरी गोरखाका लागि खाद्यान्न लगायतका सामान ढुवानी गर्न जीप तथा खच्चड समेत रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology