Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा प्रहरीले पक्राउ गर्यो दुई भिन्न भिन्न मुद्धाका फरार अभियुक्त


5K
Shares

गोरखा प्रहरीले पक्राउ गर्यो दुई भिन्न भिन्न मुद्धाका फरार अभियुक्त

गोरखा, ९ जेठ । गोरखा प्रहरीले दुई भिन्न भिन्न मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये एक जना आगोलागी मुद्धामा पाँच महिना सात दिन कैद तोकिएका गोरखा नगरपालिका ६ बस्ने २७ वर्षिय भरत राना रहेका छन् । रानालाई प्रहरीले लुकिछिपी बस्दै गरेको अवस्थामा आईतवार पक्राउ गरेको जिल्ला प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिनु भयो ।

यस्तै अर्को अभियुक्त सरकारी छाप किर्ते गरेको अभियोगमा जिल्ला अदालतबाट ११ महिना छ दिन कैद सजाया तोकिएका गोरखा नगरपालिका २ बस्ने ३२ वर्षिय फिरोज खानलाई प्रहरीले गत बैशाख ३१ गते पक्राउ गरेको हो ।

जिल्ला अदालत गोरखाको आदेश बमोजिम दुबै जना फरार अभियुक्तलाई सजायाँ भुक्तानका लागि कारागार कार्यालय गोरखामा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology