Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

विपद् सम्वन्धी पूर्वतयारीमा लाग्न जिल्ला प्रशासन कार्यालय गोरखाको निर्देशन


3.9K
Shares

विपद् सम्वन्धी पूर्वतयारीमा लाग्न जिल्ला प्रशासन कार्यालय गोरखाको निर्देशन

गोरखा, ८ जेठ । जिल्ला प्रशासन कार्यालय गोरखाले वर्षा यामको समय बर्षा संगै आउने बाढी पहिरोका कारण जनधनको क्षति हुने सक्ने भन्दै सबै स्थानिय तह र सरोकारवालाहरुलाई १२ बुदे निर्देशन जारी गरेको छ ।

जिल्लाको ११ स्थानिय तह, सुरक्षा निकाय, रेडक्रश र गैसस महासंघलाई पत्राचार गर्दै मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य गर्न भनेको हो ।

प्रशासनले जारी गरेको निर्देशनमा संभावित उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी प्रभावित हुन सक्ने परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक ब्यवस्थापन तथा सहजिकरण गर्न भनिएको छ । पत्रमा अत्यावश्क खाद्य सामाग्री तथा टेन्ट, त्रिपाल र म्याट्रेसको समेत भण्डारण गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology