Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकाका निबर्तमान अध्यक्ष पाण्डे चढेको गाउँपालिकाको गाडी दुर्घटना


25.3K
Shares

भीमसेन थापा गाउँपालिकाका निबर्तमान अध्यक्ष पाण्डे चढेको गाउँपालिकाको गाडी दुर्घटना

गोरख,६ जेठ : गोरखाको भीमसेन थापा गाउँपालिकाका निबर्तमान अध्यक्ष इश्वर पाण्डे चढेको गाउँपालिकाको ३४६ गाडी आज बिहान दुर्घटनामा परेको छ । चितवनबाट गोरखा फर्कदै गरेको गाउँपालिकाको गाडी पृथ्वी राजमार्ग अन्र्तगत पर्ने आँबुखैरेनी वडा नम्बर ४ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

दुर्घटनामा गाडी अगाडीको भागमा क्षती पुगेको भएपनि गाडीमा सवार निर्बतमान अध्यक्ष पाण्डे सहित सवै सुरक्षित रहेको प्रहरीको भनाई छ । ट्कलाई छल्ने क्रममा गाडी सडक छेउको डिभाइरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीको भनाई छ । बिहिबार गाउँपालिकाले बिदाई कार्यक्रम गरेपछि पनि निबर्तमान अध्यक्ष पाण्डे गाउँपालिकाको गाडी चढेर हिडेका थिए ।

बिदाई कार्यक्रम सम्पन्न भएपनि गाडी चाबी बुझाएर हिड्नु पर्ने भएपनि निबर्तमान अध्यक्ष पाण्डेले पालिकाको गाडी लिएर चितवन हिडेका थिए । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ु

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology