Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकामस्थित अधिकांश पसलमा म्याद नाघेका सामग्री भेटियो


4.9K
Shares

गोरखा सदरमुकामस्थित अधिकांश पसलमा म्याद नाघेका सामग्री भेटियो

बिमल श्रेष्ठ

गोरखा, १६ वैशाख । गोरखा सदरमुकामस्थित अधिकांश पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले बिहिबार सदरमुकाममा रहेका केही पसल अनुगमनको क्रममा म्याद नाघेका सामग्रीहरु भेटिएको हो ।

अनुगमन टोलीले बजार क्षेत्रमा रहेका पाँच वटा मासु पसल, दश वटा मसला पसल, ६ वटा एग्रोभेट लगायत तरकारी, किराना, फेन्सी र कमस्मेटीक पसलहरुको अनुमगन गरेको थियो । सो क्रममा अधिकांश किराना तथा मसला पसलहरुमा म्याद नाघेको अखाद्य बस्तु भेटिएको र ती वस्तुहरु जफत गरिएको घरेलु साना तथा उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेलले जानकारी दिनु भयो ।

प्रमुख भुजेलले मासु पसलमा सरसफाइको कमी देखिएको बताउँदै सुधार गर्न र मूल्य सूचि सबैले देख्न स्थानमा राख्न निर्देशन पनि दिनु भएको छ । एग्रोभेट पसलहरुबाट म्याद नाघेको औषधीजन्य पदार्थहरु जफत गरी नष्ट गरिएको साथै अनुगमनको क्रममा अधिकाश पसलहरुमा होडिङ बोर्ड, मूल्यसूची र दर्ता प्रमाण पत्र नराखिएको उहाँले बताउनु भयो ।

त्यस्ता पसलहरुलाई छिटै आवश्यक कागजात सहित होडिङ बोर्ड राख्न निर्देशन दिइएको छ । एक पटक सचेत गराइएका ठाउँमा पुन अनुगमन गर्दा सुधार नभएको पाइएमा कारवाहीका लागि सिफारिस गरिने कार्यालयले जनाएको छ ।

घरेलु कार्यालय गोरखाका प्रमुख भुजेलको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी तथा पशु विज्ञ केन्द्र गोरखा, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, सुरक्षा निकाय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology