Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा भिरबाट खसेको ढुङ्गाले लागेर एक पुरुषको मृत्यु


6.1K
Shares

गोरखामा भिरबाट खसेको ढुङ्गाले लागेर एक पुरुषको मृत्यु

गोरखा, १५ वैशख । गोरखामा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको मृत्यु भएको छ ।

धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा झोलुङ्गे पुलको ग्याभिन जाली भर्ने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा नम्बर ४ लाप्राकका ३५ वर्षिय जीतबहादुर गुरुङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटना पछि टाउकोमा गम्भिर चोट लागेका गुरुङलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको डिएसपी लिलाराज लामिछाने बताउनु भयो ।

उपचारको क्रममा हिजो बेलुका ८ बजे  गुरुङको मृत्यु भएको डिएसपी लामिछाने जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology