गोरखा, ८ वैशाख । जिल्लाको भिन्न भिन्न दुई ठाँँउमा सवारी दुर्घटना भएको छ । बुधबार राती जिल्लाको २ भिन्न स्थानमा स्कुटर दुर्घटना भएको हो । हिजो साँझ ६ बजे गोरखा नगरपालिका ८, आहालेस्थितत सशस्त्र क्याम्प नजिकैको खोल्सीमा गोरखा बजारबाट कोखे आहाले तर्फ जादै गरेको प्रदेश ३–०२–०१० प ४९७९ को भेस्पा स्कुटर अनियन्त्रीत भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गोनपा ८ बस्ने १९ बर्षका मनिष अधिकारी गंभिर घाईते भएका छन् । घाइतेको गोरखा अस्पतालमा सामान्य उपचार गरी चितवन रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही स्कुटरमा सवार गोनपा ४ बस्ने १८ को विवेक थापाको भने गोरखा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् ।
त्यस्तै गरी, बुधबार राती ९ः०५ बजे गोरखा नगरपालिका ११ को सोह्र किलोमा सदरमुकामबाट छेवटार तर्फ जादै गरेको ग. १४ प ६४३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुदा नगर पालिका १० छेवेटार बस्ने ३५ बर्षिय सन्तोष कुमाल गंभिर घाईते भएका छन् । कुमालको राती नै छेवेटारमा रहेको एक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि चितवन रिफर गरिएको हो ।
दुर्घटनामा परी टाउकोमा गंभिर चोट लागेका कुमालको चितवनमा सघन उपचार कक्षमा राखेर उपचार भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।