Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका ११ वटै स्थानीय तहमा आजदेखि कृषि गणना सुरु


2.9K
Shares

गोरखाका ११ वटै स्थानीय तहमा आजदेखि कृषि गणना सुरु

गोरखा, ६ वैशाख । गोरखा जिल्लाका ११ वटै स्थानीय तहमा आजदेखि कृषि गणना सुरु भएको छ । कृषि गणनामा खटिने गणक र सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाइसकेको कार्यालय प्रमुख महेशप्रसाद ढुंगानाले जानकारी दिनुभयो । जिल्ला भित्र गणना सुरु गरेको १३ दिनमा काम सम्पन्न हुने उहाँको भनाई छ ।

यसका लागि गणक र सुपरिवेक्षक फिल्डमा चाहिने सामाग्रीहरु सबै हस्तान्तरण गरेर सबैलाई फिल्डमा पठाईसकेको प्रमुख ढुङगानाले बताउनुभयो । गणकलाई चैत्र २५ गतेदेखि वैशाख २ गतेसम्म र सुपरिवेक्षकलाई चैत्र २५ देखि ३ गतेसम्म कृषि गणना सम्बन्धी तालिम दिएको उहाँले बताउनुभयो । ९४ वटा वडा रहेको गोरखामा कृषि गणनाका लागि एक सय ८८ वटा क्षेत्र निर्धारण गरी कृषि गणना सुरु गरिएकोे कार्यालय प्रमुख ढुंगानाले बताउनुभयो । गणनाका लागि जिल्ला भर १९ जना सुपरिवेक्षक र ७५ जना गणक परिचालन गरिएको छ । गणकहरु प्रत्येक कृषकको घरघरमा पुगी तथ्यांक संकलन गर्ने ढुंगानाले जानकारी दिनुभयो ।

जिल्लाका सबै पालिकामा ४५ दिनभित्र कृषि गणना गरी सक्नुपर्ने उहाँले बताउनु भएको छ । सो गणनाबाट आएको प्रारम्भिक तथ्यांक तीन महिनाभित्र आउने र अन्तिम नतिजा भने नौ महिनामा आउने कार्यालय प्रमुख ढुङ्गानाले बताउनु भयो । नेपालमा हरेक १०/१० वर्षमा कृषि गणना हुने गरेको छ । ६८ लाख घर परिवार रहेको नेपालमा कृषक परिवार संख्या ४१ लाख रहेको कार्यालयले जनाएको छ । उक्त गणनामा कृषकले लगाउने अस्थायी, स्थायी बाली, कृषकले न्यूनतम चार आना जग्गामा काम गर्ने, एउटा भैसी पालेको, पाँच वटा भेडा, च्याङग्रा, खसी, बोका पालेको र २० वटासम्म हाँस, कुखुरा पालेको कृषकको गणना हुने उहाँले बताउनुभयो ।

सो कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपक्षीको संख्या, कृषि औजारको उपयोग, कृषि—कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा, कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशुआहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड १९ ले कृषि क्षेत्रमा पु¥याएको असरजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology