काठमाडौं, २९ चैत । मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा चार महिने बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचखाल नगरपालिका— १ की लोसाङ डोल्मा तामाङ रहनु भएको छ ।
घाइते बालिकालाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको हो । प्रदेश— ०२— ०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गर्दा आफैं अनियन्त्रित भएर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ पनि घाइते हुनु भएका थिए। तर उहाँहरु भने
उपचारपछि घर फर्कि सक्नु भएको छ ।