Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

शहीद लखन गाउँपालिकामा ४० जनालाई निशुल्क सिपमुलक तालिम सुरु


4K
Shares

शहीद लखन गाउँपालिकामा ४० जनालाई निशुल्क सिपमुलक तालिम सुरु

गोरखा, २८ चैत । गोरखाको शहीद लखन गाउँपालिकामा ४० जनाले सिपमुलक तालिम प्रदान गर्न सुरु गरिएको छ । श्री भगवती हिमालय माध्यामिक बिधालयमा स्वरोजगार सृजना गर्ने उद्देस्य सहित निशुल्क सिपमुलक तालिम सुरु गरिएको हो । तालिम अन्र्तगत मोटरसाईकल मेकानिक्स तर्फ २० जना र प्लम्बर तर्फ २० जना सहभागी भएका छन् ।

आजदेखि सुरु भएको तालिम आउदो असार मसान्तसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी ) पोखराको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा शहीद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीव बहादुर आले मगर , गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दिलिप नारायण थापा, भगवती हिमालय माध्यामिक बिधालयका प्रधानध्यापक कृष्णराज पन्त लगायतको सहभागिता रहेको थियो ।बिधालय व्यवस्थापन समितिका अध्यक्ष खुनप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रममा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology