Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाको पश्चिमकाली मन्दिर परिषरमा नयाँ मेला लाग्ने


3.8K
Shares

गोरखा नगरपालिकाको पश्चिमकाली मन्दिर परिषरमा नयाँ मेला लाग्ने

गोरखा, २५ चैत । गोरखा नगरपालिका वडा नम्बर ५ मा नयाँ बर्षको अबसरमा मेला लाग्ने भएको छ । पश्चिमकाली तथा खड्कदेवी मन्दिर व्यवस्थापन समिति आयोजनामा यही बैशाख १ गते पश्चिमकाली मेलाको आयोजना गरिएको संस्था संस्थापक अध्यक्ष तथा मेलाका संयोजक शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मेलामा गोरखा कलाकेन्द्रको नृत्य प्रस्तुती, मान्द्रेढुङगाको बालन नृत्य प्रस्तुती, पश्लाङको पन्चेबाँजाको साथमा स्थानीय लोकसंस्कृति झल्कने गीतसंगीतको प्रस्तुती रहने उहाँले बताउनुभयो । बि.स २०६५ सालदेखि समितिले पश्चिमकाली मन्दिरमा हरेक बर्ष मेलाको आयोजना गर्दै आएको थियो । गएको दुई बर्ष भने कोरोना संक्रमणका कारण मेलाको आयोजना गर्न नसकेको भएपनि यस बर्षदेखि पुनः परम्परालाई निरन्तरता दिन लागि संयोजक भट्टराईको भनाई छ । ‘

अघिल्ला बर्षमा जस्तो भव्य कार्यक्रम नगरेपनि सामान्य रुपमा भने पनि कार्यक्रमलाई निरन्तरता दिने भन्ने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको हो, उहाँले भन्नुभयो, ‘आर्थिक अभावका कारण यसबर्ष अघिल्ला बर्षहरुमा जस्तो भने हुदैन ।’ संयोजक भट्टराइले कार्यक्रमममा सहभागीता लागि सवै गोरखाबासीहरुलाई आग्रह समेत गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology