Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

सामुदायिक शैक्षिक सुधार कार्यक्रम अन्तरगत गोरखाको एक बिधालय छनोट


11.5K
Shares

सामुदायिक शैक्षिक सुधार कार्यक्रम अन्तरगत गोरखाको एक बिधालय छनोट

गोरखा १७, चैत ।  गोरखाको एक सामुदायिक बिधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत छनोट भएको छ । सरकारले ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि छनोट गरेका १ सय ४० सामुदायिक विद्यालय मध्ये गोरखाको एक बिधालय पनि छनोटमा परेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना निकालेर निर्देशक समितिको बैठकले छनौट गरेको विद्यालयहरूको सूची सार्वजनिक गरेको छ ।

कार्यक्रम सञ्चालनका लागि गोरखा नगरपालिका ९ लक्ष्मीबजारको श्री महालक्ष्मी मावि छनोटमा परेको केन्द्रले जनाएको छ । कार्यविधि अनुसार छनौट परेका विद्यालयका विद्यार्थीले बाली विज्ञान, पशु विज्ञान, बागवानी, सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउने केन्द्रले जनाएको छ ।

यसका साथै, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट, मौरीपालन, च्याउ खेती र रेसम खेती गर्न विद्यार्थीले सशर्त अनुदान पाउने छन् । यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो । केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology