Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकाको बोर्लाङ्गमा दलित महिला तथा वाइसिएलको भेला सम्पन्न


6.4K
Shares

भीमसेन थापा गाउँपालिकाको बोर्लाङ्गमा दलित महिला तथा वाइसिएलको भेला सम्पन्न

गोरखा, १५ चैत । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ मा वडापार्टी बैठक तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर दुवै वडाका पार्टी समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरीएको गाउँपालिका अध्यक्ष बिनोद पाण्डेले जानकारी दिनुभयो । बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका सल्लाहकार गोपाल बराइलीले निर्वाचनमा माओबादीले नजिते देशमा प्राप्त राजनीतिक उपलब्धीको रक्षा हुन नसक्ने बताउनुभयो ।

उहाँले संघियता गणतन्त्र धर्मनिरपेक्षत, समानुपातिकता तथा दलित, बिपन्न समुदायका अधिकारी स्थापित गर्न माओबादी भूमिका खेलेको भन्दै त्यसको कार्यान्वयनका लागि निर्वाचन जित्नै पर्ने उल्लेख गर्नुभयो । बराइलीले अघिल्लो निर्वाचन माओबादीले हार्दा भीमसेन थापा बिकास निर्माणको काम पछाडी परेको पालिका भित्रका नागरिकहरुले अनुभूति गरेको बताउनुभयो । उहाँले माओबादी जितेका जिल्लाका २ पालिका उत्कृष्ठ पालिका बनेको उधाहरण दिदै परिवर्तनको एजेण्डा बोकेको माओबादीको पराजयले परिवर्तनको पराजय हुने बताउनुभयो ।

कार्यक्रममा भीमसेन थापा गाउँपालिका अध्यक्ष बिनोद पाण्डेले वडा भित्र निर्वाचन प्रचारप्रसारको अभियान भोलीदेखि थाल्न दुवै वडा पार्टी समितिलाई निर्देशन दिनुभयो । उहाँले भीमसेन थापा गाउँपालिकामा यही चैत मसान्तसम्म पहिलो चरणको प्रचारको अभियान सक्ने योजनामा पार्टीले तय गरेको भन्दै लगत्तै दोस्रो चरणको अभियान सञ्चालन गर्ने बताउनुभयो ।

अध्यक्ष पाण्डेले आगामी निर्वाचनमा भीमसेन थापा गाउँपालिकामा माओबादी केन्द्रको बिजयी सुनिश्चित रहेको दावी समेत गर्नुभयो । कार्यक्रममा भीमसने थापा गाउँपालिकाका वाइसिएल इन्चार्ज सागर श्रेष्ठ, गाउँपालिका पार्टी समितिका उपाध्यक्ष एवंम वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ लगायतले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । यसै बिच आज दुवै वडामा दलित महिला तथा वाइसिएलको वडा स्तरीय समिति गठन भएको सो पाटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology