Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

पल शाहलाई पुर्पक्षका लागी जेल पठाउन अदालतको आदेश


4.8K
Shares

पल शाहलाई पुर्पक्षका लागी जेल पठाउन अदालतको आदेश

तनहुँ १० चैत । नाबालिग किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई जेलमा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।बुधबार र बिहीबार दुईदिन सम्म भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।

एक नाबालिग गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ ।

पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । पल विरुद्ध फागुन ११ गते नाबालिका गायीकाले तनहुँ प्रहरीमा उजुरी गरेकी थिइन् । फाइल फोटो साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology