Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा मध्यरातमा झण्डै ४ लाख रुपैया सहित जुवा खेल्दै गरेका १९ जना पक्राउ


10.8K
Shares

गोरखामा मध्यरातमा झण्डै ४ लाख रुपैया सहित जुवा खेल्दै गरेका १९ जना पक्राउ

गोरखा, ४ चैत : गोरखामा करिब ४ लाख रुपैया सहित जुवा खेली रहेको अबस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–३, स्थित सौरपानीबाट जुवा खेली रहेको भन्ने गोप्य सूचनाका आधारमा राती प्रहरीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएर गएको प्रहरीको टोलीले स्थानीयबासी १९ बर्षकी सिता आलेमगरको घरमा कौडा खेली रहेको अबस्थामा जुवाडे पक्राउ परेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो । जुवाको खालबाट ३ लाख ९० हजार ८४० रूपैया नगद समेत बरामत भएको छ । साथै १६ थान कौडा समेत प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

पक्राउ परेकाहरु भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाका रहेका छन् । उनिहरु बिरुद्ध आज मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।…दीपक श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology