Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गायक प्रकाश सपूतलाई गोरखाका युवकको ४ प्रश्न ?


56.9K
Shares

गायक प्रकाश सपूतलाई गोरखाका युवकको ४ प्रश्न ?

गोरखा २९, फागुन ।

प्रिय कलाकार प्रकाश सपूत जि !!

तपाइँको गित र गायनशैली सबैलाई मनपर्ने ढङ्गले समाजको चित्रन गर्ने अतभुत कलाको म पनि फ्यान थिए। तर तँपाइको यस पटकको प्रस्तुतीका बारेमा तपाईसंग मेरो केही प्रश्न छन् जुन मैले मात्र होइन आम नेपाली जनताले जो सर्वहाराको पक्षमा लडे उहाँहरुको पनि प्रश्न हो । कि उक्साहाटमा तँपाइले आफ्नो लोकप्रियताको उचाई घटाउनु भयो यात होइन भने तपाइँले मनैदेखि परिवर्तन स्विकार गर्न नसकेर । यि यावत प्रश्नहरुको जवाफ मेरो मनले पनि खोजी रहेको छ । तपाईका सृजनाले डलर त राम्रै कमाउनु हुन्छ होला । तर सर्वहारा बर्गको मुक्तिको लागि जसले यो देशको आमूल परिवर्तनका लागि आफ्ना कलकलाउदै बैस बन्दुकसंग साटेका छन् तिनको माया गुमाउनु भयो । म संग तपाईलाई यस्ता अनगिन्ती प्रश्नहरु छन् तिनको गहिराईमा पुगे भने तपाईसंग दिने जबाफ केही छैन थाहा छ प्रकाश जी । तर पनि यि ४ प्रश्नको उत्तर भने मागेको छु मित्र ।
१. पानी खान पनि ठुला जाती भन्नेहरुवाट अनुमती लिनुपर्ने अबस्थाबाट माओवादी जनयुद्धले हटाएको बिषय खै ?

२. दलित परिवारका कलिला छोरीहरु बलत्कार गरेर कानुनकै संरक्षणमा समाजमा छात्ती फुल्लायर हिड्नेहरुको जनयुद्धकारीले भाँटे कारवाही गरेको बिषय तपाईले आफ्नो कलाकारितामा कहाँ राख्नुभयो ?

३. तपाईको समुदायका हरेकले घरमै गएर कपडा र जुत्ता सिलाउन कयौ दिन बस्दा एक माना चामल र अपमानित व्यवहारबाट खोपेर जिवन जिउनुपर्ने बिबसताको अन्त्य गर्ने महान जनयुद्धले नगरेको भए कसले गर्यो ?

४. पेशाकै आधारमा जातिय बिभेद मान्छे, एउटा मान्छेले छोएको नखाने यो समाजको निर्मम चरित्रलाई अन्य गर्ने काम ति महान चेलीहरु लडेर नल्याएको भए कसले ल्याए ?

यि महान परिवर्तन तिनै दिदीबहिनीहरुले काँखे बच्चा बोकेर लडेर ल्याएका हुन् । उहाँहरु माथि तपाईले देखाउन खोजेको दृष्यले न्याय गर्छ जवाफ दिनुस ? एकपक्षिय ढङ्गवाट देखाइएका तपाईंका काँटछाँट भिडियोले तपाईं कुनै मिसनमा लाग्नुभयको छ बिषय प्रमाणित हुदैन ? कि तपाई प्रायोजित हो भने भनिदिनुस म प्रायोजित हो भनेर । होइन भने कृपया तपाईं जुन आश्था र बिचार समर्थन राख्नुहोस त्यो खुल्ला छ तर आफुले भोगका मुक्ति आन्दोलनका हिमायतीहरुलाई यौन व्यवसायसंग जोडर समुदायका अधिकार स्थापित गर्नका लागि छातीमा तातो गोली थापेर हिड्न तयार भएका जनयुद्धका लडाकुका भावानाका बिरुद्धमा कम्तीमा तँपाइ जत्तिको छवि बनाउनुभएको कलाकारले चित्रण गर्नु आफ्नो खुट्टामा बन्चरो हान्नु हो भन्ने मेरो ठम्याई छ ।

जनयुद्धमा लाग्नुभएका कार्यकर्ताको संराक्षणमा माओवादी लगायत जनयुद्धकालिन समयमा नेतृत्वकारी भूमिका निभाउनुभएका नेताहरुको ढङ्ग नपुगेको कुरा आंसिक सत्य हो । तर तँपाइले भनेजस्तो जनयुद्धमा लागेर अङ्गभङ्ग हुनुभयका हाम्रा नेपाल आमाका चेलीहरु बैचारिक रुपमा स्पस्ट र धारिला छ्न । ति महान चेलीहरुलाई देह ब्यपारमा लागेका छन भने जसरी देखाउन खोज्नुभयको बिषय बहुपक्षिय ढङ्गवाट हेरेर, युवटुवमा भावानात्मक रुपमा डलर कमाउने धन्दाका लागी नसोची, सकारात्मक नकारात्मक दुबै पाटोलाई गहन अध्ययन गर्न सुझाव दिन चाहान्छु । प्रायोजित होइन भनेपनि दृष्टिकोणलाई परिमार्जन गर्नुस तँपाइको गरिमा बढ्नेछ अन्यथा तँपाइलाई नेपाली समाजको एउटा महत्वपुर्ण तप्काले अहिलेको कमाउनु भएको कलाकारको दर्जाबाट तल झार्नेछन मित्र ।

सुलभ अम्गाई

बारपाक सुलिकोट गाउँपालिका गोरखा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology