गोरखा २८, फागुन । गोरखा आँबुखैरेनी सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छद । तिनकिलो क्षेत्रमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान जानेमा तनहुँ आँबुखैरेनी गाउँपालिका ३ का २५ बर्षिय सञ्जिप बयलकोटी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शुक्रबार बिहान ८ः५५ बजे गोरखा नगरपालिका १३ को तिनकोलो क्षेत्रमा तनहुँबाट गोरखा तर्फ आउदै गरेको बा।प्र।०१–०२५ च १०७३ नम्बरको बोलेरो र आँबुखैरेनी तर्फ जादै गरेको प्रदेश ०३–०२०–१४ प ८३२७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बयलकोटी गंभिर घाईते भइ उपचारको लागी पुरानो मेडिकल कलेज चितवन लगिएकोमा उनको उपचारको क्रममा बिहान १०ः१५ बजे ज्यान गएको लिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।