Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सहिद लखन गाउँपालिकाको चुलेभिरमा ‘चुलेभिर भ्यू पार्क’ निर्माण सुरु


5.9K
Shares

सहिद लखन गाउँपालिकाको चुलेभिरमा ‘चुलेभिर भ्यू पार्क’ निर्माण सुरु

गोरखा २१, फागुन । गोरखा सहिद लखन गाउँपालिका स्थित चुलेभिरमा ‘चुलेभिर भ्यू पार्क’ निर्माण हुने हुने भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ मा बिनियोजन गरेको गाउँपालिकाको वडा नम्बर–६, मा पर्ने चुलेभिरमा १० लाख रुपैयाको लागतमा भ्यू पार्क निर्माण गर्न लागिएको हो ।

पार्कको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बिहिबार एक कार्यक्रमका बिच पार्कको शिलन्यास गर्नुभएको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको पार्क शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष थापामगर सहित वडा नम्बर–६ का वडासदस्य केशरबहादुर श्रेष्ठ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकामा पर्यटन बिकास लागि टेवा पु¥याउने उद्देस्यले पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology