Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा मोवाइल पसल चोरी गरेर भागेका दुई युवक पक्राउ


6K
Shares

गोरखामा मोवाइल पसल चोरी गरेर भागेका दुई युवक पक्राउ

गोरखा २१, फागुन । गोरखा सदरमुकाम स्थित एक मोवाइल पसलमा चोरी गरेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा रहेको सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलको झ्याल फुटाएर सामान चोरी गरेर भागेका गोरखा गण्डकी नगरपालिका–५ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २४ वर्षीय सुरेश गिरी र बाँके नेपालगन्ज उपमहानगरपालिका–५का २२ वर्षीय गणेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई काठमाण्डौको गोंगबुबाट चोरीको सामान सहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाको टोलीले जनाएको छ । पक्राउ परेको अभियुक्तहरुको साथबाट बिभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, मर्मतका लागि राखिएका १५ थान मोबाइल, एउटा गितार र २५ वटा स्मार्ट घडी समेत समेत बरामत गरेको प्रहरीको भनाई छ ।

बरामत गरिएको सामान करिब १६ लाख रुपैया बराबरको रहेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृच महाराजगन्जको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology