Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा बन्दको प्रभाव : शिक्षण संस्था बजार तथा यातायात ठप्प


2.8K
Shares

गोरखामा बन्दको प्रभाव : शिक्षण संस्था बजार तथा यातायात ठप्प

गोरखा १६, फागुन । एमसीसी संसद्‌बाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव गोरखामा परेको छ ।विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज ९सोमबार० नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । सदरमुकामका सबै ब्यवसायहरु पूर्ण रुपमा बन्द छन् । फाटफुट रुपमा निजी सवारी साधन तगा सरकारी तथा दुध र तरकारीका गाडी र एम्बुलेन्स भने गुडेका छन् । सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन् ।

जिल्लाका मुख्य सहरहरु गोरखा बजार, आरुघाट बजार र ठाँटीपोखरी बजारहरुमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य गोरखा–आबुँखैरेनी राजमार्गमा कुनै पनि सवारी चल्न सकेको छैन ।त्यस्तै गरी, जिल्ला भित्रका कुनै पनि विद्यालय सञ्चालनमा आएको छैन ।लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology