सोलुखुम्बु १४, फागुन । ट्याक्टर दुर्घटनामा परी गोरखाघर भएका चालकको मृत्यु भएको छ । शुक्रबार बिहान लिखुपिके गाउँपालिका ५ पात्तालस्थित सडकमा प्रदेश ३–०१–००३ क ६२८९ नम्बरको ट्याक्टर दुर्घटना हुदा बारपाक सुलिकोट गाउँपालिका ४ सौपानी घर भएका ३० बर्षिय अर्जुन थेवालीको मृत्यु भएको हो ।
ट्याक्टरमा मिक्चर लोड गरी एमडी दुगड हाईड्रोपावरतर्फ जाँदै आँफै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा चालक थेवालीको घटना स्थलमा नै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । फाइल फोटो