Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

मोटरसाईकल दुर्घटनामा परि वडाध्यक्षको मृत्य


4.1K
Shares

मोटरसाईकल दुर्घटनामा परि वडाध्यक्षको मृत्य

काठमाण्डौ १४, फागुन । मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको निधन भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडाध्यक्ष नवराज कार्कीको राजधानीमा उपचारको क्रममा ज्यान गएको हो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका कार्की रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ को छिन्चु बजार नजिक यही फागुन ८ गते कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाईते हुनुभएको थियो ।

कार्कीको शुक्रबार राति काठमाण्डौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । कार्की सुर्खेतकै सबैभन्दा कान्छा वडाध्यक्ष हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology