Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बलात्कारको आरोप लगाउदै पल शाह बिरुद्ध एक किशोरीले हालिन् उजुरी


6.7K
Shares

बलात्कारको आरोप लगाउदै पल शाह बिरुद्ध एक किशोरीले हालिन् उजुरी

तनहुँ ११, फागुन । नायक पल शाह बिरुद्ध बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा नायक शाह बिरुद्ध बलात्कारको आरोपमा उजुरी दर्ता भएको हो । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराउनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको उजुरी दर्ता भएको छ । उजुरीमा आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणी गरेको उल्लेख गरिएको प्रहरी स्रोतले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ ।

उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology