Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

सासुलाई मुङ्ग्रोले हानेर हत्या गरेको आरोपमा बुहारी पक्राउ


3.9K
Shares

सासुलाई मुङ्ग्रोले हानेर हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ ७, फागुन । सासुलाई मुग्रोले हानेर हत्या गरेको आरोपमा बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा दाङको खानिगाउँमा बुहारी मिलेर सासुको हत्या गरेको हो । । फागुन ४ गते घोराही उपमहानरपालिका १९ खानिगाउँकी वसन्ती घर्तीले आफ्नी सासू ५५ वर्षीया इन्द्रकुमारी घर्तीको टाउकोमा मुङ्ग्रोले प्रहार गरेर हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार मुङ्ग्रोले टाउकोमा हिर्काउँदा अचेत भएकी आफ्नी सासुलाई छिमेकी २२ वर्षीय दुर्गा घर्तीको सहयोगमा नजिकैको खोल्सामा फालेकी थिईन ।प्रहरीले इन्द्रकुमारीको शव फागुन ५ गते बिहान खोल्सामा रक्ताम्मे अवस्थामा फेला पारेको थियो ।

प्रहरीले मुङ्ग्रोले हान्ने बुहारी र सहयोगी छिमेकीलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology