Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका एक पुरुषको चेपे नदीमा डुबेर मृत्यु


8K
Shares

गोरखाका एक पुरुषको चेपे नदीमा डुबेर मृत्यु

गोरखा, ५ फागुन । गोरखा र लमजुङको सिमानामा रहेको चेपेनदीको दहमा डुबेर गोरखा बयापानीका १ पुरुषको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका ३ बयापानीका ५२ वर्षीय सन्त बहादुर परियारको चेपे नदी घाटको तिसमुरे पानीको दहमा डुबेर मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएका परियार घरबाट घुम्न निश्किएको तर अवेशरसम्म पनि घरमा नफर्किए पछि परिवारजनले खोजी गर्दा दहमा डुबेर मृत्त अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

मृत्तक परियारको शव गोरखा अस्पतालमा पोष्टमार्टम पछि आजै परिवारलाई शब बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology