Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाको बोर्लाङमा अन्दाजी ४२ बर्षका एक पुरुष शव भेटियो


5.8K
Shares

गोरखाको बोर्लाङमा अन्दाजी ४२ बर्षका एक पुरुष शव भेटियो

गोरखा २२, माघ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा आज एक युवकको शव फेला परेको छ । गएको ७ दिनदेखि हराइ रहेको शहिद लखन गाउँपालिका वडा नम्बर ८ का सन्दिप परियारको शव भेटिएको हो । सामाजिक सञ्जालमा अन्दाजी ४२ बर्षका एक पुरुष मृतावस्थामा शव भेटिएको भन्ने जानकारी आएपछि उत्त शव परियारको भएको पुष्टी भएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिनुभयो ।

बारीमा उत्ताने परेको अबस्थामा शव भेटिएको स्थानीयको भनाई छ । मृतक परियार मानसिक रोगी भएको पाइएको परिवारिक स्रोतले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याउने तयारी गरीरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology