Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाको भीमसेन थापा गाउँपालिकामा बराम भाषाको पढाई हुने


1.9K
Shares

गोरखाको भीमसेन थापा गाउँपालिकामा बराम भाषाको पढाई हुने

गोरखा २०, माघ । गोरखाको भीमसेन थापा गाउँपालिकामा बराम भाषाको पढाई हुने भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर १ स्थित कनकामना आधारभुत बिद्यालयमा आउदो सातादेखि बराम भाषाको अध्यापन गराउने तयारी गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बराम समुदायको बसोबास रहेको उत्त क्षेत्रमा मातृभाषाबाट अध्यापन गराउन आवश्यक तयारी पुरा गरेको पालिकाले जनाएको छ । अब उत्त बिद्यालयमा कक्षा ६ देखी ८ सम्मका बिद्यार्थीहरुले ऐच्छिक बिषयमा बराम भाषाको अध्ययन गर्न पाउनेछन् ।

बिद्यालयका प्रधानाध्यापक यामप्रसाद भट्टका अनुसार आउदो सातादेखि बराम भाषा अध्यापन गराउनका लागि शिक्षक छनौट भई सकेको छ । प्रअ भट्टका अनुसार २ सिफ्टमा ४० जना बिद्यार्थीहरुलाई बराम भाषामा अध्यापन गराउने तयारी पुरा भएको छ ।

बिद्यालयमा १५० जना बिद्यार्थी भएको भएता पनि सबै ईच्छा गर्ने बिद्यार्थीहरुलाई एकै स्थानमा राखेर अध्यापन गराउन लागिएको बिद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology