गोरखा २०, माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पालिका स्तरीय नेपाल बराम संघ गठन भएको छ । बुधबार सम्पन्न भएको सम्मेलनले सञ्जित बरामको अध्यक्षतामा पालिका स्तरीय बराम संघको गठन भएको बारपाक सलिकोट गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । नवगठित संघको उपाध्यक्ष याम कुमारी बराम, कुमारी बराम, नर बहादुर बराम, सचिवमा विसमान बराम , सह सचिवमा सुमित बराम, सुकमान बराम,कोषाध्यक्ष लक्ष्मी बराम चयन भएका छन् ।
सम्मेलनको उद्घाटन कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बराम समुदायको आर्थिक सम्बृद्धीका लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायका क्षमता अभिबृद्धि, निशुल्क स्वास्थ्य बिमा, दैनिक जिविकोपार्जनमा टेवा पुर्याउन आयआर्जन बृद्धिका कार्यक्रममा जोड दिदै आएको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ ,एमालेका हरीकुमार श्रेष्ठ ,नेपाली काँग्रेसका नरहरी शर्मा वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।