Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु


1.5K
Shares

ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु

तनहुँ १७, माघ । ट्रकले ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको घटनास्थलमै मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology