Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कोरोना संक्रमण दर बढेर ६१ प्रतिसतमा पुग्यो


1.5K
Shares

गोरखामा कोरोना संक्रमण दर बढेर ६१ प्रतिसतमा पुग्यो

गोरखा १७, पुस । गोरखामा विभिन्न स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा सोमबार थप २७ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ४४ जनामा एन्टिजेन परिक्षण गर्दा २७ जनामा पुष्टी भएको हो ।

आज भएको संक्रमण दर दैनिक पोजेटिभ हुने दरमा बृद्वि भएर ६१.३६ प्रतिशतमा पुगेको छ । आइतबार मात्रै ४८.९७ प्रतिशत रहेको संक्रमण दर सोमबार ह्वात्तै बढेको हो ।

आज संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा १ जना पुरुष, गोरखा अस्पतालमा १ जना महिला र ३ जना पुरुष गरी ४ जना र पालुङटार नगरपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।

कार्यालयले आज सार्वजनिक गरेको कोरोना विवरण अनुसार आरुघाटमा सबै भन्दा धेरै संक्रमित फेला परेको छ । जहाँ ११ जना महिला र ७ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा १० जना महिला र ६ जना पुरुष गरी १६ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै गरी, गण्डकी गाउँपालिकामा २–२ जना महिला र पुरुषमा पनि संक्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयले आज सबै स्थानमा गरी २६ जना महिला र १८ जना पुरुष गरी ४४ जनामा एन्टिजेन परिक्षण गरेकोमा १३ जना महिला र १४ जना पुरुष गरी २७ जनामा संक्रमण देखिएको हो ।

गोरखामा तेस्रो लहरको कोरुोना संक्रमण पछि सोमबारसम्म ४२२ जनाले कोरोना जित्न सफल भएका छन् भने २ जनाको ज्यान गएको छ । सोमबारसम्म जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिका बाहेक ९ स्थानिय तहमा १७१ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology