Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेस सेन्टर नेपाल गोरखाद्धारा १८औँ स्थापना दिवसको अबसरमा स्वास्थ्य सामग्री वितरण


1.6K
Shares

प्रेस सेन्टर नेपाल गोरखाद्धारा १८औँ स्थापना दिवसको अबसरमा स्वास्थ्य सामग्री वितरण

गोरखा,१६ माघ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा गोरखाले आफ्नो १८ औँ स्थापना दिवसका अवसरमा शनिबार गोरखा सदरमुकाम क्षेत्रमा मा पैदल यात्रु र यातायातका मजदुरहरुलाइ मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण भएको छ ।

सेन्टरका केन्द्रीय सदस्य राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा सेन्टरका गोरखा जिल्ला अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष राजेश पौडेल , सचिव धन बहादुर तामाङ, सह सचिव सन्दिप सुनार लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समय बढेको कोरोना भाइरसका कारण स्वास्थ्य जनचेतना जगाउन आवश्यक रहेकाले सडकमा बसेर स्वास्थ्य चेतना सम्प्रेषण गर्न स्वास्थ्य सामग्री वितरण गरी मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराइएको जिल्ला अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । मानिसको सबै भन्दा ठूलो कुरा स्वास्थ्य हो,जीवन स्वस्थ्य रहे बाँकि काम गर्न सकिने भएकाले स्वास्थ्य सावधानी अपनाउन सर्वसाधरण नागरिक,मजदुरहरुमा अनुरोध गरिएको उहाँको भनाइ छ ।

पत्रकारितासँगै नागरिकहरुलाइ स्वास्थ्य, शिक्षा लगायतका विषयमा सचेत गराउनु आफूहरुको दायित्व रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology