Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा घाँस काट्न गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु


3.5K
Shares

गोरखामा घाँस काट्न गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु

गोरखा १६, माघ । गोरखाको उत्तरी क्षेत्रमा जंगलमा रुख काट्न गएका १ पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका ३ को डुङलाका ३३ बर्षिय पुरुष पुरमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार घरबाट जंगलमा रुख काट्न गएका गुरुङको बिच बाटोमा पर्ने तारबाङ भिरमा पुग्दा लडेर मृत्यु भएको हो । गुरुङको मृत्त शरिर भिरको ४०० मिटर तल फेला परेको थियो ।

गुरुङ लडेको भन्ने जानकारी पाए लगत्तै प्रहरी र स्थानिय उत्त स्थानमा पुग्दा ४०० मिटर तल उनको मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

शुक्रबार भएको उत्त घटना प्रहरी शनिबार मात्र जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लडेर मृत्त अवस्थामा फेला पारेका स्थानियले वडाध्यक्ष मार्फत प्रहरीमा खबर गरेका थिए ।

मृत्तक गुरुङको टाउको र शरिरको विभिन्न भागमा गहिरो चोट देखिएको छ । उनको शव पोष्टमार्टमका लागि आरुघाट स्थित स्वास्थ्य केन्द्रमा ल्यार्ईको पनि गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology