Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा गुडिरहेको ट्याक्सीमा आगो लाग्यो : ट्याक्सी पुर्णरुपमा ध्वस्त


7.9K
Shares

गोरखामा गुडिरहेको ट्याक्सीमा आगो लाग्यो : ट्याक्सी पुर्णरुपमा ध्वस्त

गोरखा १५, माघ । गोरखाको पालुङटार क्षेत्रमा गुडी रहेको ट्याक्सीमा आगलागी हुदा पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट मानविय क्षति भने हुन नभएको गोरखा प्रहरीले जनाएको छ ।

शरिबार बिहान पालुङटार नगरपालिका ४ को मालिती गैराबाट लुइटेल तर्फ जादै गरेको ग. १ ज ६९७२ नम्बरको मनकामना यातायात प्रालिको ट्याक्सी पालुङार नगरपालिका-४ स्थित अर्चले भन्ने स्थानमा पुग्दा अचानक आगलागी हुदा पूर्ण रुपमा ध्वस्त भएको हो ।

सवारी चलेको १५ मिनेट पनि नपुग्दै ट्याक्सीको अगाडीको भागबाट कालो मुस्लो धुवा निस्किएको र निभाउने प्रयास गर्दा गर्दै आगलागी भएर कामै नलाग्ने अवस्थामा पुगेको मनकामना यातायात प्रालिेले जनाएको छ ।

ट्याक्सीमा चालक एक्लै भएको पनि प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology