Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा महिला भन्दा पुरुषको संख्या थोरै (कुन पालिका कति यो हेर्नुहोस )


16.1K
Shares

गोरखामा महिला भन्दा पुरुषको संख्या थोरै (कुन पालिका कति यो हेर्नुहोस )

गोरखा १३, माघ । गोरखाका ११ स्थानीय तहमा महिलाको भन्दा पुरुषको जनसंख्या न्युन रहेको पाइएको छ । भर्खरै सम्पन्न भएको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्याङक अनुसार जिल्लाका सवै स्थानीय तहमा महिलाको तुलनामा पुरुषको जनसंख्या थोरै रहेको पाइएको हो । जनगणना अनुसार जिल्लाको आरुघाट गाउँपालिकामा महिला ११ हजार ४६७, पुरुष १० हजार ४०९ रहेको पाइएको छ ।

त्यस्तै अजिरकोट गाउँपालिकामा महिला ६ हजार ६१३ रहेको छ भने पुरुष ६ हजार ३८९, भीमसेन थापा गाउँपालिकामा महिला ९ हजार २९९, पुरुष ७ हजार ८१९, चुमनुव्री गाउँपालिकामा महिला ३ हजार ५४९, पुरुष ३ हजार २४० जना रहेको प्रारम्भिक तथ्याङकमा उल्लेख छ । त्यस्तै धार्चे गाउँपालिकामा ७ हजार ५३८ जना महिला, ७ हजार २५ जना पुरुष, गण्डकी गाउँपालिकामा ११ हजार २४८ जना महिला, १० हजार ४१४ जना पुरुष, गोरखा नगरपालिकामा २८ हजार ६ जना महिला, २५ हजार २७९ जना पुरुष, पालुङटार नगरपालिकामा १९ हजार ८४३ जना महिला र १७ हजार ४३१ जना पुरुष रहेको प्रारम्भिक तथ्याङकमा जनाइएको छ ।

त्यस्तै सहिद लखन गाउँपालिकामा ११ हजार ९३७ जना महिला, १० हजार ४९२ जना पुरुष, सिराचोक गाउँपालिकामा १० हजार ४७७ जना महिला। ९ हजार ३५२ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकामा १२ हजार ३०१ जना महिला र १० हजार ९२१ जना पुरुष रहेको जनाइएको छ । गोरखा जिल्लामा कुल जनसंख्या भने २ लाख ५१ हजार ४० जना रहेको प्रारम्भिक तथ्याङकमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology