काठमाण्डौं ९, पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमणको पुष्टी भएको छ । शनिबार एन्टिजेन परीक्षणका क्रममा ओलीमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । अध्यक्ष ओली अहिले बालकोटस्थित होम आइसोलेसनमा रहनुभएको छ ।
ओलीसंगै उहाँकी धर्मपत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो ।