Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

कोरोना बढेपछि मनकामना मन्दिर फेरी बन्द गर्ने तयारी


4.2K
Shares

कोरोना बढेपछि मनकामना मन्दिर फेरी बन्द गर्ने तयारी

गोरखा, ४ माघ  । गोरखाको मनकामना मन्दिरमा यहीँ आउदो शुक्रबारदेखि भक्तजनहरु प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि संक्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिरमा भक्तजनहरुका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र बिकास समितिका अध्यक्ष रामकुमार जोसीले जानकारी दिनुभयो ।

समितिको आज बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नृत्य पूजा बाहेक सवै पूजाआजा बन्द गर्ने निर्णय गरेको उहाँको भनाई छ । ‘कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ, अध्यक्ष जोसीले भन्नुभयो, ‘ मन्दिरमा पूजाआजाका लागि भक्तहरुको भीड हुने भएकाले संक्रमण झनै फैलन सक्ने जोखिम भएपछि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको हो ।’

उहाँले माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको जानकारी दिनुभयो । बन्दको समयमा आउने भक्तजनहरुले केबलकार तथा पैदल र मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनु पर्ने अध्यक्ष जोशीले बताउनुभयो । ‘शुक्रबारदेखी मन्दिर आउने जो कोहीले पनि मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगी मार्फत मात्र पूजा आजा गर्न पाउने छ’ उहाँले भन्नुभयो, मन्दिर भित्र पसेर भने पुजा गर्न पूर्ण रुपमा रोक लगाइनेछ ।’

मनकामना मन्दिरमा अहिले पनि दैनिक रुपमा ५ हजार भन्दा बढी भक्तजनहरु मन्दिरमा दर्शनका लागि पुग्ने गरेको मन्दिरका मूल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology