गोरखा २, माघ । गोरखाको गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणको क्रममा एकैदिन आइतबार २२ जनामा संक्रमण पुष्टी भएको छ । २० जना महिला र १५ जना पुरुष गरी ३५ जनामा गरिएका एन्टिजेन परिक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमण देखिएका मध्ये १४ जना महिला र ८ जना पुरुष रहेको कार्यालयले जानकारी दिएको छ ।
संक्रमणको जोखिम बढ्दै जान थाले पछि साता दिन यता गोरखा अस्पतलामा एन्टिजेन परिक्षण गराउनेहरुको संख्यामा पनि उल्लेख्य रुपमा बृद्वि भएको छ ।