काठमाण्डौ २३, पुस । एक घरमा युवा र युवती मृतावस्थामा भेटिएका छन् । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।
गएराति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।