Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


4.7K
Shares

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, २१ पुस । ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मंगलबार राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

ललितपुरको गोदाबरी नगरपालिका-९ छम्पी घर भई मंगलबजार बस्दै तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology