Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा घरमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला


20.9K
Shares

गोरखामा घरमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

गोरखा १८ पुस । गोरखा सदरमुकामको एक घरमा झुण्डीएको अवस्थमा एक पुरुषको शव फेला परेको छ । मृत्तक ब्यक्ति बारपाक सुलिकोट ७ घर भएका ४२ बर्षका बिरबहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।

गोरखा नगरपालिका ६ को हरमटारी क्षेत्रमा रहेको सरला कुवँरको घरमा डेरा गरिबस्ने गुरुङले सिलिङमा रहेको पंखा राख्ने रडमा सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

गुरुङ झुण्डीएको देखेर स्थानियले खबर गरे पछि प्रहरीको टोली अहिले घटना स्थल पुगेको छ । गुरुङ बिहान ११ः०० बजे झुण्डीएको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology