Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अपडेट : गोरखामा मिनि ट्रक दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३ पुग्यो


6.3K
Shares

अपडेट : गोरखामा मिनि ट्रक दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३ पुग्यो

गोरखा, १६ पुस । गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङ रहेका छन् ।

नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाडौंको शिक्षण अस्पताल लगिएको डीएसपी दाहाले बताउनुभयो ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology